सुनको भाउ घट्दो ट्रेन्डमा, दुई सातामा २२ सय सस्तियो

काठमाडौँ / अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दो ट्रेन्डमा देखिएसँगै त्यसको असर नेपालमा पनि परेको छ । दुई सातामा सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

बुधबारको मूल्य अघिल्लो दिनको तुलनामा ८ सय रुपैयाँ कम हो । भदौ १ गते सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तरजसो घटेको छ । साढे ५ महिनाअघि ९१० मार्चमा० प्रतिऔंस २०५७ डलरसम्म पुगेको सुन हाल १७२१ डलरमा झरेको छ । नेपालमा पनि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो । त्यसयता ुबियरिस ट्रेन्डुमा देखिएको सुनको भाउ अझै घट्न सक्ने छ ।

त्यस्तै दुई साताको अवधिमा चाँदी प्रतितोला ८० रुपैयाँले घटेको छ । आज बुधबार चाँदी प्रतितोला ११३० रुपैयाँमा कारोबार भएको छ । भदौ १ गते १२१० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : २०७९ भाद्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस