समानुपातिकतर्फ ७६ दलको निवेदन

काठमाडौं। आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगको निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न ७६ दलबाट ६८ निवेदन परेका छन् ।

प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं १ मा विभिन्न ६३ दलबाट ५५, मधेस प्रदेशमा ६७  दलबाट ५९, बाग्मती प्रदेशमा ६६ दलबाट ५८ वटा निवेदन परेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा ६० दलबाट ५२, लुम्बिनी प्रदेशमा ६२ दलबाट ५४, कर्णाली प्रदेशमा ५७ दलबाट ४९ र सुदूरपश्चिम प्रदेशमा ५८ दलबाट ५० वटा निवेदन परेको आयोगले जनाएको छ । 

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस