दाङ – सल्यान सडक अवरुद्ध

दाङ । निरन्तरको वर्षाका कारण तुलसीपुर उपमहानगरपालिकाको साततलेमा पहिरो खसेपछि दाङ-सल्यान सडकखण्ड अवरुद्ध भएको छ ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर–३ साततलेमा पहिरो खसेपछि बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार बिहान करिब तीन बजेतिर पहिरो खसेपछि सडकमा यातायात आवागमन ठप्प भएको छ । वर्षा निरन्तर भइरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरी प्रवक्ता गौतमले बताए ।

वर्षा रोकिएपछि पहिरो पन्छाउने उनले बताए । बाटो बन्द भएकाले सवारी साधनहरू सल्यानको कपुरकोट र दाङको तुलसीपुरमा राेकिएका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस