दसैंलाई नयाँ नोट बाँड्ने तयारी, उपत्यका बाहिर पनि वितरण हुने

काठमाडौं । दशैंको लागि नेपाल राष्ट्र बैंक नयाँ नोट वितरण गर्ने तयारी गरेको छ। चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही दिने तयारी राष्ट्र बैंकले गरेको हो।

नेपाल राष्ट्र बैंकले दसैं, तिहार र छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गरी नयाँ नोट सटही सुरु गरेको हो। राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट साट्ने व्यवस्था गर्न लागेको हो।

यही भदौ अन्तिम सातादेखि वितरण हुने राष्ट्र बैंकले जनाएको छ।

तर वितरण गर्ने अवधि ‘फिक्स’ गर्न भने बाँकी छ। सकेसम्म असोज महिना सुरु नहुँदै वितरण सुरु गर्ने राष्ट्र बैंकले जनाएको छ।

कुनकुन ठाउँबाट कहिले देखि वितरण गर्ने बारेको जानकारी दिन राष्ट्र बैंकले सूचना नै जारी गर्ने बताएको हो। वितरण कार्य उपत्यका बाहिर समेत गरिनेछ। सर्वसाधारणले ५, १०, २०, ५० र १०० दरका नोट लिन सक्नेछन्।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस