अट्वारी पर्वमा लुम्बिनी प्रदेशले दियो तीन जिल्लामा सार्वजनिक विदा

तुलसीपुर । थारु जातिले मनाउदै आएको अट्वारी पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले तीन जिल्लामा सार्वजनिक विदा दिएको छ ।

हरेक वर्ष कृष्ण जन्मअष्टमी पछिको दोस्रो आइतबार र कुशेऔंसी पछिको पहिलो आइतबारका दिन मनाउदै आएको अट्वारी पर्व यस वर्ष १२ गते परेकोले प्रदेश सरकारले थारु समुदायको बहुल्यता भएको दाङ, बाँके र बर्दियामा सम्बन्धित समुदायलाई सार्वजनिक विदा दिएको हो ।

त्यस्तैगरी दाङमा पनि तीन स्थान तहले अट्वारी पर्वको अवसरमा सार्वजनिक विदा दिएका छन् । स्थानीय विदामा मिलान हुने गरी तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र दंगीशरण गाउँपालिकाले १२ भदौमा परेको अट्वारी पर्वमा सार्वजनिक बिदा दिने भएका छन् ।

यसैबिच, तीन स्थानीय तहका प्रमुखले थारु जातिको अट्वारी पर्वको अवसरमा शुभकामना दिदै कला, संस्कृतिको संरक्षणका लागि आफुहरुको साथ सहयोग सधैं रहने बताएका छन् ।

दाङलगायत बाँके र बर्दिया जिल्ला थारु समुदायको बाहुल्यता भएको जिल्ला हो । यस क्षेत्रमा रहेका थारु समुदायले आफ्नो कला, संस्कृति तथा परम्पराअनुसार चाडपर्व हर्षउल्लासका साथ मनाउने गरेका छन् ।

प्रकाशित मिति : २०७९ भाद्र १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस