तुलसीपुर । थारु समुदायको अट्वारी पर्वका अवसरमा तुलसीपुर उपमहानगरपालिकाले स्थानीय विदा दिएको छ ।
शुक्रबार एक सूचना जारी गर्दै तुलसीपुर उपमहानगरपालिले भदौ १२ गते १ दिनका लागि अट्वारी पर्वका अवसरमा स्थानीय विदा दिएको जानकारी गराएको छ ।
नगर प्रमुख टीकाराम खड्काद्वारा हस्ताक्षरित सूचनामार्फत तुलसीपुर उपमहानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय विदा दिएको जानकारी गराएको हो।
अट्वारी पर्वलाई थारु समुदायले महत्वपूर्ण पर्वका रुपमा लिने गर्दछन् ।
घोराही उपमहानगरमा पनि विदा
थारु समुदायको अट्वारी पर्वका अवसरमा घोराही उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ ।
बिहीवार बसेको घोराही उपमहानगरपालिका नगर कार्यपालिकाको बैठकले भदौ १२ गते अट्वारी पर्वका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको कार्यवाहक नगर प्रमुख हुमाकुमारी डिसीद्वारा हस्ताक्षरित सूचनामार्फत जानकारी दिइएको छ ।