
तुलसीपुर । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दाङले कर वृद्धिको बिरोधमा तुलसीपुर घोराही सडकमा आज एक घन्टा चक्का जाम गर्ने भएको छ । बन्द बिहान ९ बजेदेखि १० बजेसम्म तुलसीपुर घोराही सडकमा चक्का जाम गर्ने भएको छ ।
त्यसैगरी १० देखि साढे ११ बजेसम्म यातायात व्यवस्था कार्यालय तुलसीपुरमा घेराउ गर्ने कार्यक्रम रहेको राष्ट्रिय महासंघ दाङका सचिव घनश्याम बस्नेतले जानकारी दिए ।
४२ दिनलाई ६ महिना मानेर यातायात व्यवस्था कार्यालयले रुढ प्रमिट र सवारी जाँचपासमा चर्को शुल्क लिएको भन्दै चक्का जाम गरिएको महासंघले बताएको छ ।
यस अघि एक बर्षमा रुढ प्रमिट र सवारी जाँचपासका लागि एक हजार रुपैयाँ कर लाग्ने गरेको थियो । तर अहिले घटाएर ४२ दिन र त्यो पनि समयमा नबुझाएमा ३ देखि ५ हजार सम्म जीबाना गर्ने निर्णय गरे पछि व्यवसायी आन्दोलित भएका हुन ।
प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार