
काठमाडौं । नेपालमा वितेको २४ घण्टामा कोभिड–१९ को सङ्क्रमण ६ सय ३४ जनामा पुष्टि भएको छ भने थप १ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म महामारीमा ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९४ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ९४९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४३ तथा एन्टीजेन विधिबाट २९१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ४१७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार २२१ पुगेको छ । त्यस्तै, १६ हजार ६५३ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।
प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार