तुलसी अस्पतालमा शिशुको जटिल शल्यक्रिया

तुलसीपुर । जिल्लाकै एक मात्र वाल अस्पताल तुलसी हस्पीटल तुलसीपुरमा एक नवजात शिशुको गम्भीर प्रकृतिको समस्या शल्यक्रिया मार्फत समाधान भएको छ । चिकित्सकका अनुसार यस्तो जटिल प्रकृतिको केशको शल्यक्रिया सफल भएको संभवत पहिलो हो ।

सल्यान जिल्लाको सारदा नगरपालिका—६का बुवा चुडामणि शर्मा र आमा रेनु शर्माको कोखबाट जन्मिएकि पाच महिने शिशु समृद्धि शर्माको सफलतापुर्वक शल्यक्रिया सम्पन्न भएको अस्पतालले जनाएको छ ।

शर्माको जन्मैदेखि मलद्धारको विकाश नभै दिसा र पिसाव दुवै योनीबाट हुने गरेको थियो । चिकित्सकिय भाषामा यसलाइ एनोरेक्टरल माइफर्मेशनको समस्या भनिन्छ । यो समस्याबाट मुक्तिकालागी जटिल शल्यक्रिया गरी दिसा गर्नकालागी पेटमा प्वाल पारिएको छ ।

अहिले दिसा पेटमा पारीएको प्वालबाट वाहिरीने भएपनि अवको एक बर्षपछि यसलाइ बन्द गरी दिसा गर्ने प्वाल मलद्धारबाट बनाइने शल्यक्रियामा संलग्न चिकित्सक तथा वरीष्ठ वालरोग विशेषज्ञ डा किशोर खत्रीले बताए । ‘यो हाम्रो अस्पतालकालागी एकदमै नौलो र जटिल शल्यक्रिया पनि थियो, तर हाम्रो टिमले यसलाइ सफलतापुर्वक सम्पन्न गर्यो’, डा खत्रीले भने ।

शल्यक्रियामा डा खत्री सहित वरीष्ठ शल्यचिकित्सक डा फिरोज आलम खां, एनेस्थेसियोलोजिष्ट डा दिपिका सुवेदी, डा मदन केसी, डा सुरेश थापा, विएन रक्षा वली, गणेश वली लगायतको टिम संलग्न थियो । सफल शल्यक्रिया पछि समृद्धिको परीवारले उपचारमा संलग्न सवै चिकित्सकहरुलाइ धन्यवाद दिएका छन् ।

अस्पतालले ती वालिकाका अभिभावकलाइ नियमित फलोअपमा आउने गरी सोमवार डिस्चार्ज गरेको जनाएको छ । शल्यक्रिया गरिएकि वालिकाको अवस्था सामान्य रहेको पनि अस्पतालले बताएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस