बिमा रकमको लोभमा आफ्नै गाडीमा आगजनी, गाडि धनि, चालक र सहचालक पक्राउ

दाङ । दाङमा विप्लव सम्बद्ध नेकपा सहितको चार दलले आयोजना गरेको बन्दको मौका छोपी आफ्नै गाडीमा आगजनी गर्ने चालक र सहचालक सहित गाडि धनिलाई समेत पक्राउ परेका छन्।

उनीहरु बिमा रकमको लोभमा परी आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
चालकदल आफैंले आफ्नो आगजनी गरेको पुष्टि भएपछि प्रहरीले गाडी धनि, चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ । घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ ।

विभिन्न चार राजनीतिक दलले आह्वान गरेको बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि गाडि धनि धनेश्वर भण्डारी, चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए ।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए । बिमा रकमको लोभमा बिग्रेको गाडीमा आगजनी गरेको देखिएको उनले बताए ।

यता नेकपा माओवादी दाङका जिल्ला सेक्रेटरी प्रदिप वलीले टिप्पर आगजनिमा आफूहरूको संलग्नता नरहेको बताउनुभएको छ। ‘बिहान ५ बजेबाट, बेलुका ५ बजे सम्म बन्द भनेका छौं । त्यो घटना पाँच बजे अघिको देखिन्छ उहाँले भन्नुभयो आगजनिमा उत्रिने भन्ने नीति छैन ।

प्रकाशित मिति : २०७९ भाद्र ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस