माओवादी केन्द्रकाे महासचिवमा देव गुरुङसहित २० जना पदाधिकारीहरुको नाम प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महासचिवमा देव गुरुङ सहित पदाधिकारीहरुको नाम प्रस्ताव गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २० जना पदाधिकारीको नाम प्रस्ताव गरेका हुन् । २१ सदस्यीय हुने पदाधिकारीमा अध्यक्षमा यस अघि नै प्रचण्ड चयन भइसकेका छन् ।

अध्यक्ष प्रचण्डले वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महराको नाम प्रस्ताव गरेका छन् । त्यस्तै, उपमहासचिवमा गिरिराजमणी पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मात्रिका यादव र शक्ति बस्नेतको नाम प्रस्ताव भएको छ ।

सचिवहरुमा दिनानाथ शर्मा, चक्रपाणी खनाल, देवेन्द्र पौडेल, लिलामणी पोखेरेल, गणेश साह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की रहेका छन् भने कोषाध्यक्षमा श्रीराम ढकालको नाम प्रस्ताव भएको छ । अध्यक्ष प्रचण्डले प्रस्ताव गरेकोमा नाम स्थायी कमिटी बैठकले पारित गरेपछि केन्द्रीय कमिटीमा जान्छ र केन्द्रीय कमिटीले पारित गरेपछि पदाधिकारी चयन हुनेछन् । 

प्रकाशित मिति : २०७९ भाद्र ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस