
काठमाडौं / सुनको मूल्य सोमवार प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतवारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ४०० रुपैयाँ कायम गरिएको छ । आइतवार उक्त सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य सोमवार प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । उक्त सुन आइतवार प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँ गिरावट आएको छ । आइतवार १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमवार १ हजार २३५ रुपैयाँ कायम गरिएको थियो ।
प्रकाशित मिति : २०७९ साउन ३० गते सोमवार