
काठमाण्डौ / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले काठमाण्डौ सहरको बिजोग देख्दा श्रमदान गर्न मन लागेको बताउनु भएको छ ।
धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले काठमाण्डौ आएका राईले सामाजिक सञ्जालमार्फत यस्तो बताउनु भएको हो ।
उहाँले काठमाण्डौको चिल्ला र फराकिला सडक किनारामा फोहरको डङ्गुर देख्दा खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागेको बताउनु भएको छ ।
उहाँले लेख्नुभएको छु, काठमाण्डौको चिल्ला र फराकिला सडक किनारामा फोहरको डङ्गुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लाग्यो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो !

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार