इट्टा बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजेतिर ट्रक त्रिशूलीमा खसेको हो ।

मुग्लिनबाट काठमाडौं जाँदै गरेको ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो। प्रहरीका अनुसार ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले कति जना सवार थिए भन्ने खुलेको छैन।

ट्रक बाहिर निकाल्ने प्रयास जारी राखेको प्रहरीले जनाएको छ । घटनाको थप जानकारी आउँन बाँकी छ।

प्रकाशित मिति : २०७९ साउन २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस