
काठमाडौं । हेलिकप्टर चार्टर्डमा वायुसेवा कम्पनीले मनपरी भाडा लिन थालेसँगै हेलिकप्टरको चार्टर्ड भाडादर सार्वजनिक हुन थालेको छ ।
विगतमा पर्यटकीय गन्तब्यमा ‘फेक रेस्क्यू’ बढी हुने गरेको गुनासोपछि वायुसेवा सेवा सञ्चालक संघले चार्टर्ड भाडादर नै निर्धारण गरी सार्वजनिक गर्न थालेको संघका सचिव राजु न्यौपानेले जानकारी दिए ।
पछिल्लो समय १ जुन २०२२ बाट लागू हुने गरी हेलिकप्टरको नयाँ चार्टर्ड भाडादर निर्धारण भएको हो । संघका अनुसार काठमाडौंबाट धनगढी पुगेर पुनः काठमाडौं आउन ८ लाख २५ हजार रुपैयाँ भाडादर तोकिएको छ । यस्तो भाडा कम्पनीहरुले ल्याउने विभिन्न प्याकेजहरुको सन्दर्भमा भने लागु हुँदैन । किनकी त्यस्तो प्याकेजमा कम्पनीहरुले प्रतिव्यक्ति भाडा लिएर सेवा दिने गर्छन् । काठमाडौं–चन्द्रगढी–काठमाडौं पुग्न ५ लाख भाडा तोकिएको छ ।
संघले पर्यटकीय गन्तब्यका लागि हुने चार्टर्डको उडानको डलर फेयर समेत निर्धारण गरी सार्वजनिक गरेको छ ।
संघका अनुसार काठमाडौं–लुक्ला–काठमाडौंका लागि २४ सय अमेरिकी डलर भाडा निर्धारण गरिएको छ । काठमाडौंबाट एभरेष्ट बेश क्याम्पसहित सगरमाथा क्षेत्रका लागि ३ यात्रुलाई ३४ सय डलर र ५ यात्रुलाई ३७ सय डलर तोकिएको छ । काठमाडौंबाट माउण्टेन फ्लाइटको भाडा समेत सोही अनुसार तोकिएको छ ।
लुक्लाबाट एभरेष्ट वेश क्याम्पका लागि १२ सय डलर ९३ यात्रु० र ५ यात्रुलाई १५ सय डलर भाडा तोकिएको छ । लुक्लाबाट एभरेष्ट बेश क्याम्प प्रथमका लागि ४ हजार डलर र एभरेष्ट बेश क्याम्प दोस्रोका लागि ५ हजार डलर भाडा तय भएको छ ।
हेर्नुहोस् भाडादर:
