
काठमाडौं । मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक भएका छन् । मदन पुरस्कार गुठीको निर्णायक समितिले आज सोमबार उत्कृष्ट आठ पुस्तक सार्वजनिक गरेको हो ।
डाक्टर नवराज लम्सालको अग्नि, डाक्टर दामोदर पुडासैनीको ग्रीष्मको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दीपा मेवाहाङ राईको यादको सन्दुक, डाक्टर नयनाथ पौडेलको लिच्छवि लिपि, प्राध्यापक नीलमणि ढुंगानाकफ व्युत्पत्तिमूलक संस्कृत(नेपाली शब्दकोश, सुजित मैनालीको सती र पद्मसुन्दर जोशीको हिति प्रणाली उत्कृष्ट आठमा परेका छन् ।
प्रकाशित मिति : २०७९ साउन २३ गते सोमवार