
बिजौरी । नेपालीहरुका चाडपार्वलाई मध्य नजर गर्दै विजौरी उद्योग वाणिज्य संघले यहि साउन २८ गते सनिवार देखि पसल खुल्ला गर्ने निर्णय गरेको छ ।
संघका कावा अध्यक्ष दुर्गा बस्नेतको अध्यक्षतामा वसेको बैठकले सनिवार पनि विजौरी उद्योग वाणिज्य संघको क्षेत्रभरिका पसलहरु खुल्ला गर्ने निर्णय गरिएको संघका महासचिव विदुर गौतमले जानकारी दिनुभएको छ ।
नेपालीहरुका महत्वपूर्ण चाडपर्वहरु आउदै गरेकोले यस क्षेत्रका ग्राहकहरुलाई सहजताका लागि कार्तिक १९ गतेसम्म सनिवार पनि खुल्ला हुने महासचिव गौतमले जानकारी दिनु भयो ।
प्रकाशित मिति : २०७९ साउन २१ गते शनिवार