चुनावी तालमेलबारे सहमति गर्न गठबन्धनका नेता बालुवाटारमा

काठमाडौं । सरकारले चुनावको मिति घोषणा गरेसँगै गठनबन्धनका नेता छलफलमा जुटेका हुन्। प्रधानमन्त्री निवास बालुवाटरमा गठबन्धनका नेताहरूको छलफल चलिरहेको छ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल बैठकमा सहभागी छन्। त्यस्तै, सबै पार्टीका दोस्रो तहका नेता पनि छलफलमा सहभागी छन्।

बैठकमा चुनाव तालमेल र सिट बाँडफाँडका विषयमा छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ। अहिलेको पाँच दलीय गठबन्धनलाई चुनावसम्म कायम राख्ने र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०लाई पनि गठबन्धनमा सहभागी गराउने विषयमा छलफल केन्द्रित रहेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणा गरेको छ।

प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस