काठमाडौं । मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी एवम् प्रवक्ता नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारी ठूलो पहिरो गएका कारण सडक अवरुद्ध बनेको हो ।
यो सडक खण्डमा गएराति फेरि पहिरो गएको हो । पहिरो गएको केराबारीमा लेदो माटोसहित ढुङ्गैढुङ्गा थुप्रिएको छ । प्रहरीका अनुसार हाल तीन वटा डोजरको सहायताले पहिरो पन्छाउने काम सुरू भएको छ।
ठूलो पहिरो खसेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ।
यसअघि गएको सोमवार राति केराबारीमै गएको पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए। त्यसपछि खुलाइएको सडकमा मंगलबार फेरि पहिरो खसेको थियो ।
बुधबार बिहान ९ बजे पहिरो पन्छाएर खुलेको सडक पुन गएरातिको पहरोले अवरूद्ध भएको हो ।
प्रकाशित मिति : २०७९ साउन २० गते शुक्रवार