
तुल्सीपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महासचिव पोखरेलले अहिलेको ५ दलीय गठबन्धको सरकारले मुलुकलाई अगाडि बढाउने तर्फ भन्दा पछाडितिर धकलेको आरोप लगाए ।
बुधबार दाङको तुलसीपुरमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनको बोल्दै उनले ५ दलीय गठबन्धको सरकारले सरकार सञ्चालन गरेको एक वर्षमा यो मुलुकलाई अगाडि बढाउने तर्फ भन्दा पनि देशलाई संकट तर्फ धकेलेको आरोप लगाए ।
उनले सरकार पूर्णरुपमा असफल भएको भन्दै भष्ट्राचार र महँगीले सिमा नाघेको पनि पनि आरोप लगाए । उनले यो गठबन्धनको सरकार बनेपछि राष्ट्रियहितका प्रश्नहरू कम्जोर बनेको जनताको विकास र समृद्धिको चाहना अवरोध भएको बताए । उनले मुलुकको आर्थिक अवस्था नाजुक गरिएको र नेपाल विदेशी शक्ति केन्द्रहरूको क्रिडास्थल बन्ने खतरा रहेको पनि औँल्याए ।
उनले मंसिर हुनु पर्ने चुवानको मिति तोक्न अहिलेको सरकार अलमल गरेको भन्दै सरकारले लोकतान्त्रिक प्रक्रियालाई सुचारु गर्ने कुरामा अग्रसर नभएको पनि बताए । उनले भने,‘ यो सरकारले अहिले न राष्ट्रको हितको लागि काम गर्न सकेको छ । न त जनताको पक्षमा काम गर्न सकेको छ । त्यसैले यो गठबन्धनको सरकार पूर्ण रुपमा असफल भएको प्रष्ट भएको छ ।’यस्तै उनले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले अपेक्षा गरे जस्तो नतिजा नभएको भएयता पनि आफूहरूले आफ्नो सामर्थ्य असाधारण रुपमा वृद्धि गरेको दाबी गरे । उनले माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम जस्ता व्यक्तिहरूले पार्टी छोड्दा कुनै असर नपरेको पनि उल्लेख गरे ।
उनले भने,‘ ति व्यक्तिहरूले पार्टी छोड्दा पार्टीको जनमत घटेको छैन्, अझ बढेको छ । पहिला पहिलो पार्टी हुँदा हामीले ३३ प्रतिशत मत पाएका थियौँ । अहिले हामीले ३४ प्रतिशत मत प्राप्त गरेका छौँ । हाम्रो पार्टी नेपालको सबै भन्दा लोकप्रिय पार्टीका रुपमा स्थापित भएको छ । ’ उनले स्थानीय तहको निर्वाचनको परिमाण अनुसार नेपाली कांग्रेस पहिलो पार्टीका रुपमा देखिएको भएयता पनि त्यो गठबन्धनको परिणाम भएको बताए । उनले त्यो कांग्रेसको आफ्नो सामर्थ्यको परिणाम नभएको पनि उल्लेख गरे ।
उनले अहिलेको सरकारले ल्याएको बजेट जनताको हित र कल्यानको लागि कम्जोर भएको र निश्चित व्यापारी घरानाहरूको अनुहार देखिने गरेको बताए । अहिले माफियागिरी बढेर गएको भन्दै निश्चित ब्यक्तिहरूको सौदाबाजी गर्ने खालेको प्रवृत्ति बढेको पनि बताए । उनले राजश्वका दरहरू हेरफेर गर्नको लागि अवाञ्छित ब्यक्तिहरूको प्रयोग गरेको भन्दै गैर जिम्मेवार क्रियाकलापहरू भएको पनि आरोप लगाए । उनले बहुमतका आधारमा अपराध गर्नेहरूलाई अहिलेको सरकारले उन्मुक्ति दिएको आरोप लगाए ।
उनले भने,‘ प्रचण्ड र देउवाको नजरमा जनार्दन जि, चोखिएलान । तर, जनताको नजरमा उनले गम्भिर अपराध गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सहित नेताहरूविरुद्ध अनुचित खालको मुद्दाहरू लगाउन कुरा उचित नहुने बताए। उनले विप्लव नेतृत्व पार्टीलाई केपी शर्मा ओली नेतृत्व सरकारले मुलधारको राजनीतिमा ल्याएको भन्दै उनीहरूमाथि अनुचित मुद्दाहरू लगाउने खालको कुरा उचित नहुने पनि प्रष्ट पारे ।
उनले पुराना घटनाका आधारमा मुद्दा चलाउने कुरा उचित नभएको पनि बताए । उनले भने,‘ शान्तिपूर्ण प्रक्रियामा आइसकेपछि खुला राजनीतिमा आइसकेपछि पुरा मुद्दा लगाउन उचित होइन । तर, खुला राजनीतिमा आएर पनि गैरकानुनी काम गरे दण्डको भागिदार हुनु पर्छ ।