योगी आदित्यनाथ फाउण्डेशनको समिति पुर्नगठन

बिजौरी । तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुडिस्थित योगी आदित्यनाथ फाउण्डेशनले आइतबार वार्षिक साधारण तथा विशेष अधिवेशन सम्पन्न गरेको छ । सो अवसरमा फाउण्डेशनले पदाधिकारी पुर्नगठन पनि गरेको छ ।

फाउण्डेशनका अध्यक्ष अनिल विष्टको अध्यक्षतामा भएको अधिवशेनमा सोनापुर सिमेन्ट प्रा.लिका प्रमुख हरि पाठक तथा प्रा.लि.का महाप्रबन्धक गणेश दत्त भट्टको विशष्टि आतिथ्यतामा सम्पन्न भएको हो ।

बजार, सडक तथा ग्रामिण क्षेत्रमा रहेका छाडा गाई गोरुको व्यवस्थित रुपमा संरक्षण गर्नका लागि जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याएको फाउण्डेशनले भरतनाथ योगीको अध्यक्षतामा पदाधिकारी पुर्नगठन गरेको हो ।

जसको उपाध्यक्षमा सागर केसी, सचिवमा विदुरराज गौतम, कोषाध्यक्षमा भूवनेश्वर आचार्य (विपिन), संरक्षकमा बासुदेव पाण्डे र सदस्यमा सुनिल बस्नेत, भारती नेपाली रहेका छन् । त्यस्तैगरी फाउण्डेशनको सल्लाहकारमा हरि पाठक, खिमबहादुर डाँगी र विरेन्द्र खड्का रहेका छन् भने प्रेस सल्लाहकारमा दामोदर बस्नेत ९राकेश० र कानुनी सल्लाहकारमा डिल्ली राज धिताल रहेका छन् ।

फाउण्डेशन हालसम्म २०० बढी छाडा गाई गोरुहरु संरक्षणमा रहेका छन् । सडकमा भेटिने अन्य छाडा गाईगोरुलाई पनि क्रमश गाई संरक्षण केन्द्रमा लगेर लालनपालन गरिने सञ्चालक संस्थाले जनाएको छ ।

योगी आदित्यनाथ फाउण्डेशनकाअध्यक्ष भरतनाथ योगीले गाई संरक्षण अभियानलाई क्रमिक रुपमा आयआर्जनसँग पनि जोडेर लैजाने फाउण्डेशनको योजना रहेको बताए ।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस