दाङमा स्कुल बसको ठक्करबाट ३ वर्षीया बालिकाको मृत्यु

दाङ । दाङको गढवामा स्कुल बसले ठक्कर दिंदा ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।

शुक्रबार बेलुका गढवा गाउँपालिका वडा नं. ७ मानपुरका भीमसेन थापाकी तीन वर्षीया छोरी पूजा थापाको न्यु मुनराइज बोर्डिङ स्कुलको ना६ख ६४३२ नम्बरको बसको टायरमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

बालिका थापा बसबाट ओर्लने क्रममा पछाडिको टायरले किच्दा गम्भीर घाइते भएकी थिइन् । घाइते बालिकालाई उपचारका लागि लमही अस्पताल पुर्र्याइए लगत्तै उनको मृत्यु भएको थियो ।

प्रहरीले विद्यालयको बस र चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०७९ साउन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस