
घोराही । दाङमा नहरमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १० चारबगियाँ निवासी बिन्दु पुनको ३ वर्षीया छोरी लिबिसा पुनको नहरमा डुबेर मृत्यु भएको हो ।
बालिकाको शुक्रबार सवा चार बजेको समयमा आफ्नो घरदेखि पाँचसय मिटर उत्तरतर्फ रहेको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार