बन्दीगृहलाई सुधारगृहको रुपमा परिणत गर्नुपर्छ : गृहमन्त्री खाण

काठमाडौं / गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयकमा कारागारभित्रका कैदीबन्दी र थुनुवाहरुको लागि प्रजजन अधिकारको व्यवस्था गरिएको बताएका छन्।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा कारागार विधेयक–२०७६ माथि छलफलका क्रममा आएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री खाणले कारागार भित्रका बन्दीहरु पनि नागरिक भएकाले उनीहरुलाई मानवीय व्यवहार गरिनुपर्ने बताए।

उनले केही कारागारहरु घरेलु उत्पादनमा जोडिए पनि उनीहरुलाई राष्ट्रिय उत्पादनमा कसरी जोड्ने भन्ने विषयमासमेत कारागार विधेयकले समेटेको बताए।

विधेयकमा खुला कारागाारको व्यवस्थासहित महिला बन्दीहरुलाई प्रजजनको अधिकारको व्यवस्था गरिएको बताउँदै उनले कैद भुक्तान गरिसकेपछि उनीहरुलाई घर परिवारमा कसरी समायोजन गर्न सक्ने भन्ने योजना पिन समेटिएको बताए।

गृहमन्त्री खाणले कारागारको भौतिक पूर्वाधारमा व्यापक सुधार गर्नुपर्ने खाँचो औंल्याएका छन्। बन्दी गृहलाई सुधारगृह बनाउनुपर्नेमा उनले जोड दिए। उनले अधिंकाश बन्दीगृहहरु सहरको मध्यभागमा रहेको भन्दै अब बन्ने बन्दी गृहलाई खुला ठाउँमा बनाउने योजनामा सरकार रहेको बताए।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस