पहिरोले घोराही–रोल्पा सडक अवरूद्ध

दाङ । दाङको घोराही र रोल्पाको होलेरी जोड्ने सडकमा पहिरो खसेपछि अवरूद्ध भएको छ। गए राति उक्त सडकखण्डमा लेदोसहित पहिरो खसेपछि सडक अवरूद्ध भएको हो ।

गृहमन्त्री बालकृष्ण खाणले उक्त सडक खुलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्।

दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्रा पुन र प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई आज टेलिफोन गरी गृहमन्त्री खाणले उक्त सडक खुलाउन निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

घोराही उपमहानगरपालिका वडा नं. १३ बगाले स्थित लेदोसहितको पहिरो खसेपछि सडक अवरूद्ध छ ।

सडक विभाग, प्रहरीलगायतले पहिरो हटाउने काम सुरू गरेका छन् ।

प्रकाशित मिति : २०७९ साउन १२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस