सहरी मन्त्री चौधरीद्वारा अनुगमन

काठमाडौं । सहरी विकास मन्त्री मेटमिण चौधरीले काठमाडौं उपत्यका विकास प्राधिकरणद्वारा संचालित इचङ्गुनारायण जग्गा एकीकरण आयोजना रानी वनको स्थलगत अवलोकन गरेका छन् ।

अवलोकनका क्रममा उपभोक्त समितिका पदाधिकारीहरुले मन्त्रीको स्वागत गर्नुका साथै प्रवेश मार्ग, ढल लगायतका समस्या राखेका थिए ।

‘समस्या समाधान गर्न म तत्काल पहल गर्नेछु । तपाईहरु धमाधम काममा लाग्नुहोला ।’ मन्त्री चौधरीले भने ।

सचिवालयको टिम सहित अनुगमनमा पुगेका मन्त्री चौधरीसँगै मन्त्रालयका सचिव रमेश सिँह, विकास आयुक्त जानुका ढकाल, नायव विकास आयुक्त नारायण भण्डारी, उपमहानिर्देशक दिलिप भण्डारी, आयोजना प्रमुख सुरेश रेग्मी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०७९ असार ३० गते बिहिवार
प्रतिक्रिया दिनुहोस