रोल्पा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका इन्जिनियर नविन डाँगीलाई सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
आयोगको बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट गएको टोलीले मोटरबाटो निर्माण योजनाको नापी किताब बिल तयार गरिदिए बापत सेवाग्राहीसँग लिएको घुससहित गंगादेव २ स्थित स्वास्थ्य शाखाको भवनमा रहेको निजको निवासबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जनाएका छन् ।
उनको बारेमा थप अनुसन्धान गरिरहेको आयोगले जनाएको छ ।
प्रकाशित मिति : २०७९ असार २४ गते शुक्रवार