काठमाडौं। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रमा समस्या रहेको भन्दै समाधानका लागि आफ्नो दायित्व अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । स्वास्थ्य सेवा विभागले मंगलबार आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री केसीले यस्तो बताएका हुन् ।
उनले सेवालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिए । उनले स्वास्थ्य सेवा विभाग स्वास्थ्य मन्त्रालय मातहतको महत्वपूर्ण निकाय भएकाले पनि यसको सवलीकरणका लागि योजना बनाउनुपर्ने बताए । केसीले भने, ‘तपाईहरुले जनतालाई पहिलो केन्द्रमा राखेर काम गर्नुपर्छ । अहिलेपनि नागरिकहरु स्वास्थ्य सेवा सहज तरिकाले नपाएर भौतारीनुपर्ने अवस्था छ । यो अवस्थाको हल गर्नुपर्ने आजको आवश्यकता हो ।’
कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।दीपेन्द्ररमण सिंहले विभाग अन्तर्गतका कार्यक्रमबारेमा प्रकाश पारेका थिए ।