दाङ । दाङ जिल्ला स्तरीय १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधी जितेको साबिक बिजेता गोरखा माबी तुलसीपुरले रनिङ शिल्ड कब्जा गरेको छ ।
नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान र राष्ट्रिय खेलकुद परिषदको संयोजकत्वमा दाङ जिल्ला खेलकुद बिकास समितिद्वारा संचालित प्रतियोगितामा ९ स्वर्ण, २ रजत र ३ कास्य पदकका साथ लगातार तीन वर्ष शिल्ड जितेको गोरखा माबी तुलसीपुरले रनिङ शिल्ड कब्जा गरेको हो ।
त्यस्तै ग्रेट अरनिको माबी तुलसीपुर ४ स्वर्ण, २ रजत १ कास्य पदकका साथ उपबिजेतामा सीमित रहँदा रोजि वर्डस लमही २ स्वर्ण ४ र ३ कास्य पदक हात पार्दै तृतीय भयो भने ज्ञानज्योती २ स्वर्ण, ४ रजत २ कास्य पदकका सान्त्वना भयो ।
उता भलिबल छात्रामा मिडवयस्ट प्वाईन्ट एकाडेमी शान्तिनगर प्रथम, सिद्ध पृथ्वी श्रीगाउँ द्वितीय र गोरखा माबी तुलसीपुर तृतीय भए । भलिबल छात्रामा मिडवयस्टकी रन्जना थापा उत्कृष्ट भइन् । त्यस्तै छात्र भलिबलतर्फ ज्ञानसिन्धु घोराही प्रथम, जनता माबी शान्तिनगर द्वितीय, गोरखा माबी लमही र बुद्ध माबी शान्तिनगर तृतीय भयो । छात्र भलिबलमा ज्ञानसिन्धुका दिनेश बाठामगर उत्कृष्ट भए ।
त्यस्तै कबडी छात्र तर्फ गुरुजजुर माबी रक्षाचौर प्रथम, माबी पदमपुर द्वितीय र माबी रझेना तृतीय भए । छात्रमा गुरुजजुरका ईश्वर पुन उत्कृष्ट भए । त्यस्तै कबडी छात्रातर्फ माबी गङटे प्रथम, गुरुजजुर द्वितीय र अरनिको तुलसीपुर र गोरखा घोराही तृतीय भए ।
कबडी छात्रामा माबी गङटेकी सृष्टि बिक उत्कृष्ट भइन् ।त्यस्तै एथलेटिक्स छात्रमामा गोरखामा माबिकी करुणा रिजाल र छात्र गोरखाकै चित्र बहादुर बस्नेत उत्कृष्ट खेलाडी घोषित भएको दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख पद्मा चौधरीले जानकारी दिइन् ।
यसैबिच प्रतियोगिताको समापन समारोह जिल्ला समन्वय समिति दाङका उपप्रमुख चेतना चौधरीको अध्यक्षता तथा निवर्तमान राष्ट्रिय सभा सदस्य, नेपाल एथलेटिक्स संघका केन्द्रीय उपाध्यक्ष कोमल ओलीको प्रमुख आतिथ्य एवं तुलसीपुर उपमहानगरपालिका वडा न १७ का अध्यक्ष थल राज पुरीको बिशिस्ट आतिथ्यमा भएको थियो ।
सो अबसरमा मार्सल आर्ट करातेको बुन्काई प्रदर्शन गरिएको थियो भने बिजेता बिधालय तथा खेलाडिहरुलाई मेडल प्रमाणपत्र, ट्रफी शिल्ड प्रदान गरिएको थियो । कार्यक्रमको संचालन खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।