घोराही । बुटवलबाट मोटरसाइकल चोरी गरि दाङमा बिक्रि गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेबमे छ । बुटवलबाट मोटरसाइकल चोरी गरि दाङका ल्याएर बिक्रि गर्ने गिरोहलाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष १८ का क्यानोन क्षेत्री, वर्ष १९ का करण बस्नेत, वर्ष १८ का बरुण कुमाल, वर्ष १८ को आनन्द परियार, वर्ष १७ को नसिम धुनिया, वर्ष १८ का आरएन सिंह ठकुरी, वर्ष १८ का शिवम यादव, वर्ष १८ का लक्षमण विष्ट, वडा नम्बर ५ बस्ने वर्ष ४४ का गोपाल चौधरी, वर्ष १९ का ओसिम पठान, राप्ती गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ३० का शुभास चौधरी र लमही नगरपालिका वडा नम्बर ३ बस्ने घनश्याम चौधरी रहेका छन ।
उनीहरुले बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याई विभिन्न गिरोह मार्फत बिक्रि गर्दै आइरहेको पाइएको छ । पक्राउ परेकाहरु माथी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिएका छन ।
घोराही बजारसहित बिभिन्न ठाउबाट मोटरसाइकिल चोरी भएपछि एसपि काफ्लेकै निर्देशनमा दाङ प्रहरीले अप्रेसन चलाएको थियो ।