घोराहीमा मोटरसाइकलले दुई साइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

घोराही । घोराहीको बेसाँइमा मोटरसाइकले दुई वटा साइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्दप्रशाद रिजालले बिहीबार राति पौने नौं बजे घोराहीदेखि सौंडियार तर्फ जाँदै गरेको रा ३ प २९२२ नम्बरको मोटरसाइकलले घोराही – ७ बेसाईमा दुईवटा साइकललाई ठक्कर दिएको जानकारी दिए ।

उक्त ठक्करबाट मृत्यु हुनेमा साइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १५ का १६ वर्षीय रितेश केसी र मोटरसाइकल चालक घोराही १५ कै ३५ बर्षीय गंगाबहादुर कवरको उपचारका क्रममा बिहीबार राति मृत्यु भएको छ ।

उनीहरु दुबै जनाको उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । दुर्घटनामा परि मोटरसाइकलको पछाडि सवार घोराही – ७ का ३८ बर्षीय वशन्त चौधरीको अवस्था गम्भीर छ ।

त्यस्तै साइकल यात्री घोराही – १५ का बिनोद भण्डारी घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ असार १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस