रोटरी क्लव तुलसीपुरको अध्यक्षमा केसी

तुलसीपुर । रोटरी क्लव अफ तुलसीपुर सिटीको वर्ष २०२२/०२३ का लागि अध्यक्षमा यज्ञबहादुर केसी चयन भएका छन । बुधबार भएको कार्यक्रममा अध्यक्ष केसीसहित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेका छन् ।

त्यस्तैगरी वर्ष २०२३/०२४ को लागि क्लवले अध्यक्षमा पवन कुमार योगी, प्रस्थावित अध्यक्षमा बिनिल केसी, उपाध्यक्षहरुमा सन्दिपन रिजाल, देवेन्द्र केसी, बुद्ध प्रकाश सिंह, सचिवमा मनोज बस्नेत, कोषाध्यक्षमा रुपेश शर्मा, सहसचिवमा दिपेश भण्डारीलाई चयन गरेको छ ।

सो अवसरमा रोट्रयाक्ट क्लव अफ तुलसीपुरको वर्ष २०२३/०२४को अध्यक्षमा नारायण गौतम चयन भएका छन ।

त्यस्तै अध्यक्षमा इनुप भण्डारी, उपाध्यक्षहरुमा सुरजजगं रायमाजी, राजन सिंह, माधव गौतम, प्रभास श्रेष्ठ, सचिवमा आकाश सिङ, सहसचिवमा प्रभास श्रेष्ठ, कोषाध्यक्षमा किरण पुन, सहकोषाध्यक्षमा रिसभ रिजाल चयन भएका छन ।

संयुक्तरुपमा रोटरी क्लव अफ तुलसीपुर सिटिको १६ औं र रोट्रयाक्ट क्लव अफ तुलसीपुरको ९ औं पद हस्तान्तरण तथा ग्रहण कार्यक्रम भएको हो ।

वर्ष २०२१/०२२का अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिस निता गौतम ‘दिक्षित’ले संसारकै पहिलो सामाजिक संस्था रोटरी क्लव सामाजिक र मानविय सेवामा अग्रणी स्थानमा रहेको बताइन ।

त्यस्तै दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले रोटरी क्लवले न्यायको क्षेत्रमा सामाजिक उत्तरदायित्व बहन गरेको बताए ।

क्लवको २०२३/०२४ को अध्यक्षमा पवन कुमार योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वर्ष २०२१/२२ का महासचिव बुद्ध प्रकाश सिहं र रोट्रयाक्ट क्लवका इनुप भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस