तुलसीपुर खानेपानीको मुख्य मुहानको सम्वेयलमा तोडफोड

तुलसीपुर । तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाई संस्थाको मुख्य मुहानको सम्वेयलमा गएराति अज्ञात समुहले तोडफोड गरेको छ ।

तुलसीपुर खानेपानीको मुख्य मुहान रानीजरूवाको सम्वेयलमा खानेपानीको पावर हाउसको मेन स्वीच, प्यानल बोर्ड, पानी सप्लाई गर्ने २५ हर्ष पावरको मोटर, स्टक मोटर, २५ हर्ष पावरको मोटरबाट पानी तान्नको लागि बनाईएको सोलर पाता लगायतका सामानमा अज्ञात समूहले तोडफोड गरेको संस्थाका सचिव सेवकराम भण्डारीले जानकारी दिए ।

सचिव भण्डारीका अनुसार उक्त तोडफोडबाट करिब ८ लाख बराबरको क्षति भएको छ । तोडफोड गरिएको संरचनाको मर्मतका लागि केही समय लाग्ने भएकाले मर्मत गर्ने समयसम्म ८ नं सिस्टम अन्तरगतको ओभरहेड टंकीबाट वितरण गरिने पानीमा समस्या हुने भण्डारीले जानकारी दिए ।

 साथै सचिव भण्डारीले तोडफोडमा संलग्नलाई पत्तालगाई कानुनी कार्वाहीको लागि माग पनि गरे ।

प्रकाशित मिति : २०७९ असार १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस