२९ जेठमा जिल्ला समन्वय समितिको निर्वाचन

घोराही। जिल्ला समन्वय समिति दाङको निर्वाचन २९ जेठमा हुने भएको छ । जिल्ला सभाको सोमबार घोराहीमा बसेको बैठकले २९ जेठमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

स्थानीय तहका प्रमुख मध्य जेष्ठ अध्यक्ष लमही नगरपालिकाका मेयर जोगराज चौधरीको अध्यक्षतामा भएको जिल्ला सभामा जिल्ला समन्वय समितिका कार्यवहाक सभापति श्रीधर शर्मा पौडेल, जिल्ला समन्वय अधिकारी मोहन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

सभाले जिल्ला समन्वय समितिमा ९ सदस्यीय कार्यसमिति बनाउने निर्णय समेत गरेको छ । यसैबिच केन्द्रको परिपत्र अनुसार जिल्ला समन्वय समितिको निर्वाचन २९ जेठको १० बजे देखि दिउँसो ३ बजेसम्म गर्ने जिल्ला समन्वय अधिकारी श्रीधर शर्मा पौडेलले जानकारी दिए ।

जिसस निर्वाचनका लागि पालिका प्रमुख उपप्रमुखले मतदान गर्नेछन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस