
तुलसीपुर । तुलसीपुर उपमहागरपालिकाभित्र रहेका हाेटलहरुकाे स्तरीकरण सुरु गरिएकाे छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले यस क्षेत्रमा रहेका हाेटेलहरुकाे सेवा,
खाद्य वस्तु, सरसफाइलगायतका सूचाकाङ्कमा राखेर स्तरीकरण सुरु गरिएकाे हाे । डिभिजन कार्यालयका प्रमुख उज्ज्वल रायमाझीले चार क्षेत्रमा विभाजन गरेर हाेटेलहरुमा लाेगाे टाँस्न शुरु गरिएकाे हाे ।
उपभाेक्ताहरुलाई सफा, स्वस्थ, गुणस्तर युक्त खानाका लागि स्तरीकरण सुरु गरेकाेठ कार्यालय प्रमुख रायमाझीले जानकारी दिए । कार्यालयले गत वर्ष खाद्य सुरक्षाका लागि पानी, खाद्यान्न वस्तु, हाेटल, डेरी, किराना पसलका एक सय साठी वटा नमुना परीक्षण गरेकाे थियाे ।
स्तरीकरण कार्यक्रमकाे उद्घाटन गर्दै नगरप्रमुख खड्काले पछिल्लाे समयमा अखाद्य वस्तु उपयाेगका कारण क्यान्सर जस्ता राेगहरु बढ्दाे क्रममा रहेकाले कार्यालयले दैनिकरुपमा अनुगमन, खाद्य वस्तुकाे ल्याब टेस्टमा ध्यान दिनुपर्ने बताए । उनले खाद्य वस्तुकाे निरिक्षण गर्नुपर्ने बताए ।
कार्यक्रममा उपभाेक्ता अधिकार मञ्चका केन्द्रीय उपाध्यक्ष केशवकुमार शर्मा, उपभाेक्ता संरक्षण हित शाखा रेखा शर्मा लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।