तुलसीपुरका कार्यपालिका सदस्य निर्विरोध निर्वाचित

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । कार्यपालिका सदस्यका लागि जननिर्वाचितबाट ५ जना महिला सदस्य र मनोनित तर्फबाट ३ जना गरी ८ जना निर्वाचित भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरले निर्वाचन कार्यतालिका अनुसार शनिबार उमेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । निर्वाचित हुनेमा महिलातर्फ तुलसीपुर–१ बाट गौरी नेपाली, वडा ६ बाट यमुना परियार, वडा ९ बाट बसन्ता केसी, वडा १५ बाट सिता कुमारी लामिछाने र वडा १६ बाट रिखा शर्मा रहेका छन ।

यस्तैगरी दलित तथा अल्यसंख्यकतर्फ तुलसीपुर–४ बाट लक्ष्मण विश्वकर्मा, वडा १२ बाट मोहन विक र वडा १७ बाट तुलाराम नेपाली निर्वाचित भएका छन । सवै उमेदवारहरुको एकल उमेदवारी परेकाले निर्वाचन कार्यालय शनिवार दिउँसो तिन बजे निर्वाचित भएको घोषणा गरेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिएका छन ।

उनीहरु आठ जनाको मात्रै उमेदवारी कायम भएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । तुलसीपुरमा १९ वटा वडाका १९ जना वडा अध्यक्ष , प्रमुख र उपप्रमुख तथा निर्वाचित आठ जना गरी २९ जनाको कार्यपालिका सदस्यीय बनेको छ । तुलसीपुर उपमहानगरपालिकाको कार्यपालिकामा एमालेको दुई तिहाई बहुमत रहेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस