शान्तिनगर । शान्तिनगर गाउँपालिका वडा नम्बर दुई स्थित बाघमारे स्वास्थ्य चौकीले नवनिर्वाचित पालिका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा केसी र वडा नम्बर दुई बाट निर्बाचित जनप्रतिनिधिलाई शुक्रबार एक कार्यक्रम गरी स्वागत तथा सम्मान गरेको छ ।
वडा नम्बर दुईका अध्यक्ष सुनिल ओलीको अध्यक्षता एवं गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रेमा केसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई टीका र खादा लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बस्नेतले आफू निर्वाचित भएर आइसकेपछि चिराघाट स्वास्थ्य चौकीबाट गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्सरे सुरु गरिसकेको बताए साथै अब अन्य स्वास्थ्य चौकीहरुमा पनि छिट्टै भिडियो एक्सरे सेवा संचालनमा ल्याउने बताए ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख इच्छा महत, आइएनएफकी प्रतिनिधि सुशिला बुढाथोकीले बधाइ मन्तब्य ब्यक्त गर्रेकी थिइन् । कार्यक्रमको संचालन बिरेन्द्र गिरीले गरेका थिए ।