फाेलिक एसिड सम्बन्धी समीक्षा

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाकाे आयाेजनामा विद्यालय स्तरीय किशाेरीहरुलाई आइरन तथा फाेलिक एसिड चक्की वितरण समीक्षात्मक गाेष्ठी सम्पन्न भएकाे छ ।

शाखाका प्रमुख ओमप्रकाश न्याैपानेकाे अध्यक्षता एवम् नगरप्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । प्रमुख अतिथि खड्काले आर्थिक अभाव विपन्नताले पाेषण नपुगेकाे, खानका लागि खाद्य सामग्री नभएका कारण रक्त अल्पलता बढेकाे बताए ।

उनले राेजगारी, आत्मनिर्भर, उत्पादनमा बढाएपछि मात्रै कुपाेषण नहुने, खाना संस्कृतिलाई बढावा दिने, क्यालाेरीयुक्त खाना खानुपर्ने बताए । उपप्रमुख स्यानी चाैधरीले पालिकाभित्र रहेका दशदेखि १९ वर्षका किशाेरीहरुकाे तथ्याङ्क लिएर पाेषणयुक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् ।

कार्यक्रम प्रशासकीय अधिकृत माेहन पाैडेल लगायतकाले बोलेका थिए । पालिकाभित्र २५ हजार किशाेरीहरुलाई आइरन तथा फ्लाेरिक एसिड खुवाइएकाे थियाे । विष्णु गिरीकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रमकाे सञ्चालन विमल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ जेष्ठ २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस