तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिकाको निर्वाचन जेठ २४ मा हुने भएको छ । नगर कार्यपालिका सदस्यको निर्वाचनका लागि बिहिवार १ दलले उम्मेदवारी दर्ता गराएको छ ।
उक्त निर्वाचनमा नेकपा एमालेबाट ६७, नेपाली कांग्रेसबाट २३, नेकपा माओवादी केन्द्रबाट ६ र स्वतन्त्रबाट १ जना गरि ९७ जना मतदाता रहेका छन । जसबाट ५ जनाले मात्र उम्मेदवारी दिन पाउने व्यवस्था रहेको छ । दलित र अल्पसंख्यकबाट ३ जनाले उम्मेदवारी दिने पाउने व्यवस्था छ ।
निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका निर्वाचन अधिकृत राजेश्वर अर्यालका अनुसार निर्वाचनका लागि नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्य मतदाता रहने व्यवस्था छ ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेले १०, नेपाली कांग्रेसले ५, नेकपा माओवादी केन्द्रले ३ र स्वतन्त्रबाट वडाध्यक्षमा एक जना निर्वाचित भएका छन ।