मुस्कान सहितको  सेवा दिनुस् : मेयर खडका

तुल्सिपुर । तुलसीपुर उपमहानगरपालिकाका  प्रमुख टिकाराम खडकाले सेवाग्राहीलाई प्रभावकारी सेवा दिन निर्देशन दिनुभएको छ । 

कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा मेयर खड्काले सेवाग्राहीलाई मुस्कान सहित छिटोछरितो सेवा दिन निर्देशन दिनुभयो । कार्यालयमा सेवा लिन आएका सेवाग्राहीलाई असन्तुष्ट बनाएर नपठाउन कर्मचारीलाई निर्देशन दिनुभयो । मेयर खड्काले कर्मचारी कार्यालयमा ढिलो आउने र चाँडै जाने खराब प्रवृत्ति भएको भन्दै त्यसलाई सच्याएर आफ्नो जिम्मेवारी पूरा गर्न सुझाव दिनुभयो ।

उपमेयर स्यानी चाैधरीले इमान्दार भएर जनताको सेवा गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरे कसैको चाकडी गर्न आवश्यक नहुने भएकाले इमानदारीले मात्रै तुलसीपुरको समृद्धि सम्भव भएको भन्दै उपमेयर चाैधरी जनता खुसी हुने काम मात्रै गर्न निर्देशन दिनुभयो । 

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस