तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले गरेकाे पहिलाे निर्णय गणतन्त्र दिवसकै दिन कार्यान्वयनमा आएकाे छ ।
तुलसीपुर ६ सगरमाथा टाेल गाइडरका ८१ वर्षका जेष्ठ नागरिक प्रेमलाल पाैडेललाई निशुल्करुपमा एम्बुलेन्स सेवा दिइएकाे छ । श्वास प्रश्वासकाे समस्या भएका पाैडेललाई समस्या आएपछि उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएकाे थियाे ।
पाैडेलकाे स्वास्थ्य अवस्थामा सुधार आएकाे उनका छाेरा केशवराज पाैडेलले पालिकाभित्रका जुनसुकै वडाबाट पालिकाभित्रका स्वास्थ्य संस्थामा ७० वर्ष पुगेका जेष्ठ नागरिक, तीन महिनाका सुत्केरी र अपाङ्गता भएका नागरिकलाई निशुल्क सेवा दिने निर्णय गरेकाे थियाे ।
तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर ६का वडाध्यक्ष दुजमान भण्डारीले पाँच मिनेटभित्र सेवा प्रदान गरिएकाे जानकारी दिए ।
नगरप्रमुख टीकाराम खडकाले जेष्ठनागरिक, सुत्केरी, अपाङ्गता भएका नागरिकलाई समयमै स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि एम्बुलेन्स सेवा निशुल्करुपमा प्रदान गरिएकाे बताए ।