
तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले पालिका भित्रका खानेपानी र विद्युतकाे न्यूनतम शुल्क मिनाहा गरिने बताएका छन् । उनले जनताले जीवन उपयाेग गर्ने पानी र विद्युत निशुल्करुपमा व्यवस्थापन गर्ने बताए ।
तुलसीपुर खानपानी उपभाेक्ता तथा सरसफाइ संस्थाले आयाेजना गरेकाे स्वागत सम्मान कार्यक्रम बाेल्दै तुलसीपुरमा सहलगानीमार्फत् बबई नदीकाे पानी लिफ्टिङ गरेर पालिकाभित्र वितरण गरिने बताए ।
खड्काले राप्ती प्रादेशिक अस्पतालकाे सेवा, बजार व्यवस्थापन, सरसफाइ र छाडा चाैपाया व्यवस्थापनका समस्या समाधानका लागि तत्कालै गरिने बताए ।
संस्थाका अध्यक्ष यमकान्त भण्डारीकाे अध्यक्षता एवम नगर प्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा वडा ९ वडाध्यक्ष घनश्याम ढकालले मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन सचिव सेवकराम भण्डारीले गरेका थिए।