पोखराबाट उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एन एईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको थिएन । विमानको खोजीका लागि अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा छैन । जहाजबारे खोजविन सुरु भएको छ ।

अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस