ललितपुर – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना भएको छ । दाहाल काम विशेषले बाहिर जाने क्रममा उनी चढेको गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावालाखेल प्रहरीले जनाएको छ ।
दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको छ । उनको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
मेयर दाहाल केही समयदेखि खुमलटार बस्दै आएकी थिइन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार


