
तुलसीपुर । तुलसीपुरको ‘ग’ लाइनस्थित दीर्घायु पोलिक्लिनिक एण्ड रिसर्च सेन्टर प्रा.लि.ले विश्व थाइराइड सप्ताह शिविरको अवसरमा जेठ ८ गते देखि १४ गतेसम्म निशुल्क औषधी र परामर्श दिइरहेको छ।
थाइराइड भएपछि निन्द्रामा गडबडी, शारीरिक कमजोरी, थकान महसुस, हातखुट्टा काप्नु, तौल घट्नु वा बढ्नु, महिनावारी गडबडी हुनु, बाझोपन, गर्भपतन हुने, स्वर परिवर्तन हुनु, छाला सुख्खा हुनु, मुटुको ढुकढुकी बढ्नु, शरीर सुन्निनु, कब्जियत हुनु र घाँटी सुन्निने जस्ता लक्षणहरू देखिएमा थाइराइडको समस्या हुने वरिष्ठ फिजिसियन डा. ज्ञानेन्द्र पाण्डेयले बताए ।
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा ती समस्या सम्बन्धी परामर्श दिइने, थाइराइडको जाँचमा ५० प्रतिशत छुट र १५ दिनको लागि थाइराइडको औषधी निशुल्क दिइने डा. पाण्डेयले जानकारी दिए ।
प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार