तुलसीपुरमा गठबन्धनलाई हराउँदै एमाले विजयी

तुल्सिपुर । दाङ तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएका छन् । नगरप्रमुखमा टिकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका हुन् ।

खड्काले निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट उम्मेदवार नेपाली काँग्रेसका गेहेन्द्र गिरीलाई ३६९१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरेका थिए भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरेका हुन् ।

त्यस्तै उपप्रमुखमा चौधरीले निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९५३२ मत पछि पार्दै विजयी भएकी हुन् । चौधरीले ३० हजार ५९७ मत ल्याएकी थिइन् । भने रानाले २१ हजार ६५ मत ल्याएका थिए ।

त्यस्तै मेयरका उम्मेदवार जनता समाजवादीका टोपबहादुर महताराले ३८८, राप्रपाका जगधनी चौधरीले १२२१, लोकतान्त्रिक समाजवादी पार्टीका भुपेन्द्र भण्डारीले १२ नेकपा मालेका महेन्द्र शाहले १७९मत, राष्ट्रिय जनमुक्ति पार्टीका रविन्द्र उच्च नेपालीले ६९ मत, मंगोल नेश्नल अर्गनाईजेशनका जया घर्ती मगरले ४३२ मत ल्याएका थिए भने त्यस्तै नेपाल लोकतान्त्रिक पार्टीका घनश्याम चौधरीले १३६१ ,नागरिक उन्मुक्ति पार्टीका जसबीर वलीले १६ मत ल्याएका हुन् ।

त्यस्तै उपमेयरका उम्मेदवार जनता समाजवादी पार्टीका धनसरा विकले ३८१,राप्रपाका प्रेमबहादुर शाहले २३७७,नेकपा मालेका फग्नी चौधरी १०८, राष्ट्रिय जनमुक्ती पार्टीका सीता चौधरीले ५४ मत, मंगोल नेश्नल अर्गनाईजेशनका डम्बर बहादुर छन्त्यालले ४३८ मत, स्वतन्त्र उम्मेदवार खेमराज वलीले २२३७.र शुशिल नेपालीले ११४ मत ल्याएका थिए । तुलसीपुर उपमहानगरपालिकामा यस अघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४हजार ३३६ मत खसेको थियो ।

निर्वाचित भएसंगै टिकाराम खड्काले तुलसीपुरलाई समृद्ध बनाउने बताएका छन् । उनले आफू सुकुम्वासी भएकाले सुकुम्वासीका हरेक समस्या समाधान गर्ने बताए ।


त्यस्तै नबनिर्वाचित उपप्रमुख स्यानी चौधरीले शिक्षालाई निःशुल्क बनाउनुकासाथै सहज शिक्षा बनाउन पहल गर्ने बताइन् । यो संगै दाङका सबै पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । जसमा काँग्रेसले ५, माओवादी केन्द्रका ३, एमालेले २ वटा स्थानीय तहमा जित हात पारेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस