तुलसीपुर- १९ मा  प्रेमनाथ योगिको प्यानल विजयी

बिजौरी । तुलसीपुर १९ मा  नेकपा एमालेको प्यानल  विजयी भएको छ । सार्वजनिक अन्तिम मत परीणाम अनुसार नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार प्रेमनाथ योगी १५०६ मतले निर्वाचित हुनुभएको छ ।

उहाँको प्रतिद्धन्द्धी गठबन्धनका केशर बहादुर पुनले १११७ मत प्राप्त गर्नुभएको छ । योगीले पुनलाई ३८९ मतान्तरले पराजित गर्नुभएको छ ।

त्यसैगरी महिला सदस्यमा एमाले तर्फकी तारा कुमारी वलीले १५०९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने दलित महिला सदस्य तर्फ रेवती कामीले १५०६ मत प्राप्त गर्नुभएको छ ।

खुल्ला सदस्यमा पुर्ण बहादुर बुढाथेकीले १४९५ मत प्राप्त गर्नुभएको छ भने खुल्ला सदस्यमा राम बहादुर पौडेलले १४६५ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस