
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा गठबन्धन र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । २८०६७ मत गन्दा एमालेका टिकाराम खड्का २६१ मतले अघि छन् । उनी ११६६५ मतले अघि छन्, भने निकटतम प्रतिस्पर्धी गठबन्धनको उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरीले ११४०४ मत ल्याएका छन् ।
उपमेयरमा भने सुरुवातदेखि नै एमाले अग्रस्थानमा छ । एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले १०९३३ मत प्राप्त गरेर अग्रस्थानमा छन्, भने गठबन्धनको तर्फका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर राणाले ८७३२ मत ल्याएका छन् । उपमेयरमा स्यानी सुरु देखि नै अग्र स्थानमा छन् ।
तुलसीपुरमा यस अघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हाँसिल गरेको थियो ।
तुलसीपुरमा एक लाख एक हजार ४६० मतदाता रहेकोमा ७४हजार ३३६ जनाले मतदान गरेका थिए ।
प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार