तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले)ले अग्रता लिइरहेको छ । प्रदेश निर्वाचन कार्यालयकाअनुसार एमालेका मेयर उमेदवार टिकाराम खड्काले १० हजार ६०५ मत प्राप्त गरेका छन् ।
गठबन्धको तर्फबाट नेपाली कांग्रेसका उमेदवार गेहेन्द्र गिरीले १० हजार ५३४ मत पाएका छन् । एमालेका खड्का ७१ मतले अघि छन् ।
यसैगरी उपमेयरमा पनि अग्रस्थानमा रहेका एमालेकी स्यानी चौधरी मतान्तर बढाउँदै लगेकी छिन् । चौधरीले ९ हजार ९ सय १७ मत र गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का जोगबहादुर रानाले ८ हजार ९९ मत प्राप्त गरेका छन्। तुलसीपुर उपमहानगरमा ७४ हजार ३९३ मत खसेको छ।
प्रकाशित मिति : २०७९ जेष्ठ ७ गते शनिवार