तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका –१७ मा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा उम्मेदवार बन्नु भएका लबरु चौधरीको निधन भएपछि बैशाख ३० गते हुने निर्वाचन जेठ तीन गते सारिएको थियो । वडामा दुई ठाउँमा मतदान तोकिएको छ ।
निर्वाचन साहयक अधिकृत ढकबहादुर रावतका अनुसार मतदान केन्द्र जनकल्याण मावि दुधरास र दिपेन्द्र मावि मानपुरमा सुरु भैरहेको छ । दुधरासमा २७३४ र मानपुरमा ३३८३ मतदाता संख्या रहेको छ ।
वडा अध्यक्ष पदमा ६ जना चुनावी मैदानमा उत्रिएका छन् । एमालेबाट लबरु चौधरीका छोरा प्रदिप चौधरी, नेपाली कांग्रेसबाट थलराज पुरी, एकिकृत समाजवादीबाट रुद्रबहादुर बस्नेत, राष्टि प्रजातन्त्र पार्टीबाट केशर बहादुर वली, मंगोल नेश्नल अर्गनाइजेशनबाट विष्णु पुन र स्वतन्त्रबाट डिल्लीराज शर्माले वडा अध्यक्षमा भिड्दै छन् ।
प्रकाशित मिति : २०७९ जेष्ठ ३ गते मङ्गलवार